पर्साको ठोरी गाउँपालिका–५ का ७३ वर्षीय नीरबहादुर लोप्चन मृत फेला परेका छन् । पाँच दिनदेखि परिवारको सम्पर्कमा नआएका लोप्चन सोमबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
असोज ९ गतेदेखि हराएका उनी ठोरी गाउँपालिका–५ मा पर्ने आठघरे र बागमोर्चाबीचको कल्भर्ट नजिक मृत भेटिएका हुन् । शव र घटनास्थलको अवस्थाका आधारमा जङ्गली जनावरको आक्रमणका कारण मृत्यु भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
शव पोष्टमार्टमका लागि वीरगन्ज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।