सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वार्टर पर्साले सीमावर्ती क्षेत्रमै कडा निगरानी राख्दै चोरी–तस्करी तथा लागुऔषध ओसार–पसार नियन्त्रणका लागि सञ्चालन गरिरहेको विशेष अपरेसन अन्तर्गत ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा विन्दवासिनी गाउँपालिका–५ बटसौरा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले खेतमा परालको कोन्यु भित्र लुकाइ राखिएको २ सय १३ किलोग्राम (२ क्विन्टल १३ किलो) गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा २० वटा पोका (प्याक) मा बाँधिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) दिपेन्द्र प्रकाश मल्लको कमाण्डमा खटिएको टोलीले जनाएको छ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टका अनुसार लागुऔषध दुव्र्यसनले समाजमा पार्दै आएको दुरगामी नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार पर्सा जिल्लामा लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको छ ।
बरामद गरिएको गाँजासहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएकाे सशस्त्र प्रहरीले जनाएको छ ।