बागलुङको जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ ।
बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । पसलमा काठको काम भइरहेको बेला अचानक तार सट भएर आगो लागेको हो ।
आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितका विभिन्न सामान जलेर नष्ट भएका छन् । प्रहरी निरीक्षक जोशीका अनुसार सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ ।
अहिलेसम्म क्षतिको यकिन विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।