पर्सा र मकवानपुर जिल्लामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पर्सामा, वीरगंज महानगरपालिका–१६ नगवा पोखरीबाट ब्राउनसुगर जस्तो देखिने १ सय २० मिलिग्राम पदार्थसहित त्यही क्षेत्र बस्ने २० वर्षीय नितेश महतो मंगलबार दिउँसो पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ सिर्जना टोलबाट खैरो हेरोइन जस्तो देखिने करिब १ ग्राम ८० मिलिग्राम पदार्थसहित ३६ वर्षीय संजोग पौडेललाई प्रहरीले पक्राउ गरेको हो । पौडेल उपमहानगरपालिका–४ कर्रा निवासी रहेको बताइएको छ । उनलाई वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।