राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगरको सभापतिमा महमद महमुद्दीन आलम चयन भएका छन् ।
वीरगंजमा सम्पन्न रास्वपाको प्रथम वीरगंज महानगर भेलाले आलमको सभापतित्वमा २५ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवगठित महानगर समितिको उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ र उपसचिवमा मुन्ना साह चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा कमल भुजेल, देवकी गुरुङ, रत्ना मानन्धर, पूर्णिमा शर्मा, सञ्जु शर्मा, कन्हैया प्रसाद, सन्दिप कुशवाह, आस महम्मद मन्सुरी, आजम मिया अन्सारी, विपिन शाह, लक्ष्मी नारायण साह, नगेन्द्र राउत थारु, प्रमोद कुमार पटेल, मुकेश कुमार कुर्मी, उमेश कुमार साह, प्रकाश कुमार कलवार, सदरे आलम, राज कुमार चौरसिया र राजकुमार उपाध्याय रहेका छन् ।
यसअघि भेलाको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले अब देशले रास्वपाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै आगामी निर्वाचनले त्यसलाई स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गर्दै यसप्रति अब बन्ने सरकारले कस्तो धारणा लिन्छ भन्ने कुरा सम्पूर्ण नेपाली जनताले नजिकबाट नियाली रहेको बताए ।
त्यस अवसरमा रास्वपा पर्साका सभापति हरी पन्तले पर्सा जिल्लामा राजनीति भ्रष्टाचारी र अपराधीहरूले मात्र गर्ने भन्ने गलत भाष्य निर्माण भएको भन्दै अब पर्सेली जनताले त्यस्ता नजिर तोड्ने बताए । उनले पर्साका जनता परिवर्तनको पक्षमा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरे ।
भेलाको सहजीकरण कृष्णा पासवानले गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डा. नन्दन यादव, संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, नेता जितेन्द्र मिश्र, मनोज कुर्मी, फैयाज मिया, पुरुषोत्तम उपाध्यक्ष, सब्बु कँडेल, दिलीप कुर्मी, राधिका न्यौपाने, मानिस शाहलगायतले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।