नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा पर्साबाट उम्मेदवारी दिएका तीन जना नेता केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार केपी ओली प्यानलबाट विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका पर्साका प्रभु हजरा, विजयकुमार सरावगी र निर्मला देवकोटा विजयी भएका हुन् । भने, लिची बगान काण्डमा अख्तियारमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पूर्व मधेस प्रदेश सभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीका इन्चार्ज नवराज शर्मा र अरविन्द सिंह हार व्यहाेरेका छन् ।
विजयी हुनेमा खुला दलिततर्फ उम्मेदवारी दिएका निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पार्टीका पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा १ हाजार ४ सय ६५ मतसहित विजयी भएका छन् । भने मधेसी (खुला) तर्फ उम्मेदवारी दिएका वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगी १ हजार ४ सय ३५ मतसहित विजयी भए । भूगोल (मधेसी) महिला तर्फ उम्मेदवारी दिने निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा १ हजार ३ सय २५ मतसहित विजयी भएकी छन् ।
यसैबीच, पर्साबाट उम्मेदवारी दिएका अन्य नेताहरू पराजित भएका छन् । पराजित हुनेहरूमा पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पूर्व मधेस प्रदेश सभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीका इन्चार्ज नवराज शर्मा र अरविन्द सिंह रहेका छन् ।
पर्साका नेताहरूको विजयी परिणामले एमालेको केन्द्रीय समितिमा पर्साको प्रभाव र पार्टीको भित्री संरचनामा महत्वपूर्ण स्थान बनाउन सफल भएको विश्लेषकहरूले बताएका छन् ।