पर्साको पोखरियामा सामाजिक सेवामा सक्रिय रहने उद्देश्यले ‘लायन्स क्लब अफ पोखरिया’ गठन गरिएको छ ।
स्थानीय नेजामुद्दीन शमानीको नेतृत्वमा २० सदस्यीय क्लब गठन भएको हो । क्लबले ग्रामीण भेगका नागरिकलाई शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग पुर्याउने लक्ष्य राखेको अध्यक्ष शमानीले बताए ।
नवगठित क्लबका पदाधिकारी तथा सदस्यहरूमध्ये आशा कुमारी चौहान, तिलक नारायण प्रसाद पटेल, जावेद आलम, शोभा कुमारी कानु, जावेद अहमद, रिपेश माली, रामबाबु प्रसाद चौहान, अभिषेक कुमार सर्राफ, सन्तोष प्रसाद चौहान, सन्नी कुमार, विपिन प्रसाद कुर्मी, प्रिती साह, पवन पण्डित कुम्हाल, आरफा खातुन, अनुसखा गुप्ता, प्रतिभा थापा, अलिराज हुसेन, मनिर आलम र अजाद देवान रहेका छन् ।
क्लब गठन कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर विनय बस्नेत, डिष्ट्रिक्ट सचिव सर्जन चापागाईं, डिष्ट्रिक्ट कोषाध्यक्ष चन्द्रबहादुर केसी, डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, नरोत्तम पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।