वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकमा बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
वीरगञ्जबाट जाँदै गरेको ग २ ख १४५१ नम्बरको बसले चोकमा रोकिराखिएको मधेस प्रदेश ०३–००१ ख ७४३८ नम्बरको ट्रकलाई ठक्कर दिँदा ट्रक चालकको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–२१ निवासी अन्दाजी २२ वर्षीय कमलेश पटेल रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शी मुस्तकिम आलमका अनुसार ट्रक चोकमा रोकिराखिएको अवस्थामा चालक पटेल ट्रकमा चढ्दै गर्दा पछाडिबाट आएको बसले ठक्कर दिएको थियो । ठक्करका कारण पटेलको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।