नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २,४९९ केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दै छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत १९ दल एकीकृत भएर बनेको नेकपाको केन्द्रीय समिति पहिलोपटक औपचारिक रूपमा समायोजन हुन लागेको हो ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । नेकपा केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुनेछ ।
कात्तिक तेस्रो साता माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलहरूबीच एकता भए पनि हालसम्म केन्द्रीय समिति समायोजन भएको थिएन । विभिन्न साना–ठूला दलका केन्द्रीय समिति सदस्यहरू समेटिँदा नेकपाको केन्द्रीय समिति ठूलो आकारको बनेको छ ।