नेपाल पत्रकार महासंघ पर्सा शाखाले एकै पटक विभिन्न पुरस्कारहरू चारजना पत्रकारहरूलाई प्रदान गर्ने निर्णय गरेकाे छ ।
नेपाल पत्रकार महासंघले वितरण गर्दै आएको स्वर्गीय गोपाल गिरी पत्रकारिता पुरस्कार २०८२ पत्रकार गोविन्द देवकोटालाई, स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०८२ वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई र स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार २०८१ पत्रकार महिला माधुरी महताे र साेहि स्मृति पुरस्कार २०८२ काे विमला गुप्तालाई प्रदान गर्ने निर्णय गरेकाे हाे ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा मंगलबार वीरगंजमा बसेको कार्यसमितिको बैठकले उक्त निर्णयहरू गरेको हो ।
विगतका दिनमा अढाई दशकभन्दा बढी समयदेखि पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर सक्रिय रहेका पत्रकार गाेविन्द देवकोटा वीरगंज महानगरका पुर्व मेयर विजय सरावगीकाे प्रेस सल्लाहकारका रूपमा काम गरिसकेका व्यक्ती हुन् । हाल चितवन रहदै आएका देवकोटा यसअघि प्रतीक दैनिकले वितरण गर्दै आएको फोटो पत्रकार सुबोध स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए । माघ १ गते ५१ हजार रुपैयाँ र कदरपत्र सहित स्वर्गीय गोपाल गिरी पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिने महासंघले जनाएकाे छ ।
यसैगरी, स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार २०८२ बाट वीरगंजका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । अध्यक्ष खनालका अनुसार कार्यसमितिको बैठकले गौतमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । स्व. पाण्डेको नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी, स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार वीरगंजकी दुईजना पत्रकारलाई प्रदान गरिने भएको छ । महासंघ पर्सा शाखाका अनुसार पत्रकार माधुरी महतोलाई स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार २०८१ र पत्रकार बिमला गुप्तालाई सोही पुरस्कार २०८२ बाट सम्मानित गर्ने निर्णय गरेको जनाएकाे छ ।
स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार र स्व. नरेश सर्राफ क्रियाशील पत्रकारिता पुरस्कार माघ महिनाभित्रै गरिने जनाएकाे छ ।