पर्सा जिल्लाको रामगढवा–२४ मा अवस्थित गुगल एकेडेमीले आफ्नो वार्षिक उत्सव–२०८२ भव्य तथा सभ्य रूपमा सम्पन्न गरेको छ ।
शैक्षिक उपलब्धि, प्रतिभा प्रदर्शन तथा सामाजिक सचेतनालाई केन्द्रमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रमले अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका वीरगंज उद्योग वाणिज्य संघ, पर्साका महासचिव शिवजी प्रसाद साह कलवारले गुणस्तरीय शिक्षा, अनुशासन, नैतिक मूल्य र व्यवहारिक ज्ञान विद्यार्थी जीवनका आधार स्तम्भ रहेकाे बताएका थिए ।
कार्यक्रमको अवसरमा वर्षभरिको मूल्यांकनका आधारमा ‘शिक्षक अफ द इयर’, ‘अभिभावक अफ द इयर’ तथा ‘विद्यार्थी अफ द इयर’ घोषणा गरी सम्मान गरिएको थियो । शिक्षक अफ द इयरमा सम्झना चौधरी, जेनिशा ब्लोन लामा र राधेश्याम रौनियार चयन हुनुभयो। अभिभावक अफ द इयरमा नरेश पटेल र रमिता कुमारी तथा विद्यार्थी अफ द इयरमा निरञ्जन पटेल र कृतिका चौधरी सम्मानित भएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन, नाटक, राइम्स, कराते तथा स्काउट प्रदर्शन गरिएको थियोे ।
कार्यक्रममा कृषि अनुसन्धान केन्द्र, परवानीपुरका निर्देशक डा. विश्वेश्वर प्रसाद यादव, श्रीजंग गण, श्रीपुर ब्यारेक प्रमुख सैनानी लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक युवराज कटवाल, एन–प्याब्सन नगर समितिका अध्यक्ष जियालाल गुप्ता, ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्र कोइराला, भास्कर हर्बल हेल्थ टिकल्स प्रा.लि.का डा. राजु बैठा, मानव सेवा आश्रम, वीरगंजका देवेश प्रसाद तथा वार एशोसिएसन, पर्साका अध्यक्ष अधिवक्ता राम नारायण कुर्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम शान्त कलवार र शिक्षक प्रेरणा श्रीवास्तवले सहजिकरण गरेका थिए ।