रौतहटको राजदेवी नगरपालिका–१, पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा शुक्रबार दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा प्र २-०३-०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बीआर ३० एएफ २३७० नम्बरको भारतीय मोटरसाइकल ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार, प्र २-०३-०१८ प ३३४६ नम्बर मोटरसाइकल चालक रौतहट दुर्गाभगवती गाउँपालिका–२, पिपरा बजारका ३० वर्षीय अशोक महतो र भारतीय नम्बरको मोटरसाइकल चालक राजदेवी नगरपालिका–२, हजमिनियाका २९ वर्षीय अरविन्द महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर अस्पताल पुग्दा चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए ।