अंशवण्डाको विषयमा भएको विवादका क्रममा ६० वर्षीय मुक्तिनाथ तिवारीको घटनास्थलमै मृत्यु भएपछि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला पर्साको तत्कालीन बिरिन्चिवर्वा गाउँ विकास समिति वडा नम्बर २ (हाल कालिकामाई गाउँपालिका वडा नम्बर ५) मा भएको उक्त घटनापछि फरार रहेका ४३ वर्षीय दिनेश कुमार तिवारीलाई जिल्ला प्रहरी कार्यालय पर्साले इलाका प्रहरी कार्यालय पोखरीया सहितको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका दिनेश कुमार तिवारी कालिकामाई गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् ।
प्रहरीका अनुसार अभियुक्त तिवारीलाई पोखरीया नगरपालिका वडा नम्बर ४ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।