मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका–६ का २४ वर्षीय सुजन थोकर रहेका छन् । उनलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १ सय ७५ थान ट्रामाडोल ट्याब्लेटसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार शंकास्पद गतिविधि देखिएपछि जाँचका क्रममा उनको साथबाट उक्त लागूऔषध बरामद गरिएको हो ।
पक्राउ परेका थोकरमाथि लागूऔषध कारोबार तथा प्रयोगसम्बन्धी विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।