मधेश प्रदेश सरकारले माघ पूर्णिमाको अवसरमा माघ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रदेश मन्त्रिपरिषद्को मंसिर १६ गतेको निर्णयअनुसार माघ १८ गते आइतवार सार्वजनिक बिदा रहने जानकारी दिएको हो ।
सूचनामा उल्लेख छ कि दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिसाथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा हस्ताक्षरित सूचनाले यसबारे जानकारी दिएको छ ।