जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका एक कैदी वीरगंजबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज–१६, नगवा बस्ने २३ वर्षीय प्रविन चौरसिया रहेका छन् ।
ठगी मुद्दामा अदालतले उनलाई ५ वर्ष ६ महिना कैद र ८७,५०० रुपैयाँ जरिवाना सजाय तोकेको थियो । चौरसियालाई बुधबार दिउँसो २ बजे वीरगन्ज–१५, रामनगर चोकबाट जिल्ला प्रहरी कार्यालय पर्साको फैसला कार्यान्वयन टोली र प्रहरी चौकी बसपार्कको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेपछि आवश्यक कानुनी प्रक्रिया पुरा गरी उनलाई वीरगंज कारागारमा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।