पढाइको साथसाथै खेलकुदतर्फ पनि ध्यान दिन आवश्यक रहेको कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजीवकुमार यादवले बताएका छन् ।
बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको तीनदिने स्पोर्ट्स फेस्ट अन्तर्गतको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले शनिबार यस्तो बताएका हुन् ।
शिक्षा प्रमुख यादवले शिक्षा अतिरिक्त अन्य सबै क्षेत्रमा पनि विद्यार्थीहरू अगाडि आउनुपर्नेमा जोड दिए । “विद्यार्थीहरूले जीवनमा सकारात्मक कुरातर्फ ध्यान दिनुपर्छ,” उनले भने । उनले विद्यालयलाई आगामी दिनमा देशकै टप टेन विद्यालयको सूचीमा पर्न शुभकामना पनि दिए ।
कलैया उपमहानगरपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टप टेनमा पर्ने विद्यालयहरूलाई छनोट गरिने जानकारी पनि उनले दिए ।
क्रिकेट प्रतियोगितामा बाल एकता एभेन्जर्स विजेता, बाल एकता रोयल्स उपविजेता तथा बाल एकता सुपर किङ्ग्स दोस्रो उपविजेता बनेका छन् । विजेता तथा उपविजेतालाई मेडल, प्रमाणपत्र र सिल्ड वितरण गरिएको विद्यालयका प्रबन्ध निर्देशक सुमोद कुमार सरार्फले जानकारी दिए ।
कबड्डी प्रतियोगितामा द हन्टर प्रथम, द रोयल च्यालेन्जर्स द्वितीय र टिम वाइरियस तृतीय भएका छन् । चित्रकला प्रतियोगितामा सुशान्त रजक प्रथम, आर्यन गुप्ता द्वितीय र आल्या साह तृतीय भएका छन् ।
त्यसैगरी चेस प्रतियोगितामा अन्स जयसवाल प्रथम र आलोक शर्मा द्वितीय भएका छन् । गल्र्स क्रिकेट प्रतियोगितामा बाल एकता क्युन्स, बोइज ब्याडमिन्टनमा अमित गुप्ता र गल्र्स ब्याडमिन्टनमा सुहानी यादव विजेता बनेका छन् ।
गायन प्रतियोगितामा विकास यादव प्रथम, अभय गुप्ता द्वितीय र कुन्जन यादव तृतीय भएका छन् । नृत्य प्रतियोगितामा पिन्की कुमारी राम प्रथम, अन्तिमा साह द्वितीय र जोवोन जयसवाल तृतीय भएका छन् ।
बास्केटबल प्रतियोगितामा बोइजतर्फ बाल एकता बल्स विजेता, बाल एकता हुपर्स उपविजेता र बाल एकता लकर्स दोस्रो उपविजेता बनेका छन् भने गल्र्सतर्फ टिम युजि विजेता र टिम जेओन उपविजेता भएका छन् । विजेताहरूलाई मेडल, प्रमाणपत्र र सिल्ड वितरण गरिएको खेलकुद संयोजक प्रशान्त सरार्फले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आईसीटी रोस्टर प्रशिक्षक तथा शिक्षक तालिम केन्द्र मधेस प्रदेशका प्रशिक्षक एवं नेल्टा बारा शाखाका कोषाध्यक्ष नरेन्द्र कुमार निधी, आस मोहम्मद, मधु गौतम, कक्षा ११–१२ का को–अर्डिनेटर प्रिन्स कुमार सिंह, प्राइमरी को–अर्डिनेटर आदर्श, अनुशासन इन्चार्ज कुन्दन, क्रिकेट कोच कुमार थापा, बास्केटबल कोच विवेक साहलगायत शिक्षक, खेलाडी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।