बिहार–नेपाल सीमा क्षेत्रमा अवस्थित रक्सौल बजारमा अवैध रुपियाँ विनिमयको दृश्य देख्दा वृन्दावनका प्रसिद्ध कथावाचक डा. अनिरुद्धाचार्य आश्चर्यचकित भएका छन् ।
उनी हाल रक्सौलमा ५ फेब्रुअरीदेखि ११ फेब्रुअरीसम्म आयोजना भइरहेको भागवत कथाको प्रवचनमा सहभागी छन् । सड़क किनारमा सजी रहेका दर्जनौँ पसलहरूमा भारतीय र नेपाली रुपैयाँको अवैध विनिमय साटासाट हुने देखेका छन् । रक्सौलको मेन रोडबाट बाटा चौकसम्म र भारतीय आयल निगम (IOC) को डिपो अगाडि सम्म फैलिएका यी पसलहरूमा प्रत्यक्ष रुपियाँको कारोबार अवैध रूपमा सञ्चालन भइरहेको छ ।
नेपालमा नेपाल राष्ट्र बैंकमार्फत वैध विनिमय काउन्टर खोलेका भए पनि बिहार–नेपाल सीमा नजिकका बजारहरूमा वैध विनिमय सुविधा उपलब्ध छैन । यजसले गर्दा नेपाल भ्रमणमा आएका पर्यटक तथा बिहारका व्यापारीहरू अवैध विनिमयको जालमा फस्ने जोखिममा रहेका छन् । भागवत कथामा सहभागिताका क्रममा रक्सौल–नेपाल सीमा क्षेत्रको शंकराचार्य गेट (Gateway of Nepal) नजिक सडक किनारमा सजाएर राखिएकाे यी रुपये पसलहरू देख्दा महाराज अनिरुद्धाचार्य आश्चर्यचकित भएका थिए । उनले सो स्थानमा अवैध मुद्रा विनिमयको विषयमा जानकारी लिएका थिए ।
महाराजको उपस्थितिमा उपस्थित जनताले “राधे राधे” बोल्दै उत्साहपूर्वक स्वागत गरेका थिए ।