बलिउड अभिनेता आमिर खान ले आफ्नी प्रेमिका गौरी स्प्राटसँग आइतबार मुम्बईमा आयोजित एक समारोहमा विवाह गरेका छन् ।
झरीको बाबजुद नजिकका आफन्त र परिवारका सदस्यहरूको उपस्थितिमा सम्पन्न विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएका छन्, जसमा आमिर र गौरीसहित परिवारका अन्य सदस्यहरू देखिन्छन् ।
विवाह समारोहमा आमिरका छोरा जुनैद पनि सहभागी भएको देखिएको छ। स्रोतका अनुसार यो विवाह अत्यन्तै निजी ढंगले सीमित पाहुनाहरूबीच सम्पन्न गरिएको हो । आमिर खानको यो तेस्रो विवाह हो । यसअघि उनले रिना दत्त र किरण रावसँग विवाह गरेका थिए। दुवैसँगको वैवाहिक सम्बन्ध पछि टुंगिएको थियो ।
गौरी स्प्राटको यो दोस्रो विवाह हो । अघिल्लो विवाहबाट उनका एक ७ वर्षीय छोरा रहेका छन् ।