शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
समाज
  • गृहपृष्ठ
  • समाज
  • बुद्ध सन्देश बुझ्ने कि ‘बुद्ध वाज् बर्न इन नेपाल’ भनेर बस्ने ?
बुद्ध सन्देश बुझ्ने कि ‘बुद्ध वाज् बर्न इन नेपाल’ भनेर बस्ने ?
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ १०, २०८१
A1 Beakery Add A1 Beakery Add

गौतम बुद्धको शिक्षा र दर्शनको पाटो छाडेर उनी सम्बन्धी घटनाविशेषमा अल्झिनु बुद्धलाई नबुझ्नु हो ।

बुद्धहरू एक होइन, अनेकौं नामका हुन्छन् । बुद्ध भनेको कुनै व्यक्तिविशेषको नाम नभई ज्ञानले दीप्त भएको अवस्था हो । हालसम्म ज्ञात रूपमा २८ बुद्ध छन् । प्रत्येक नामका बुद्धहरूको आआफ्नै समय हुन्छ । कसैले बुद्धत्व लाभ गरेपछि त्यसको प्रभाव रहुन्जेलको समयलाई तत्तत् बुद्धको शासनकाल भनिन्छ। उक्त शासन अवधिभरका बुद्ध उनै रहन्छन् ।

अहिले गौतम बुद्ध (इपू ५६३-४८३)को शासन छ। बुद्ध र बौद्ध धर्मबारे हामीले उनी मार्फत थाहा पाएको र अहिले उनैको धर्म देशना अर्थात् शिक्षा र उपदेश विद्यमान रहेकाले उनको शासन मानिएको हो ।

गौतम बुद्धको जन्म इपू ५६३ मा वैशाख पूर्णिमाको दिन तत्कालीन शाक्य गणराज्यको पूर्वी सीमा क्षेत्रस्थित लुम्बिनीमा भएको थियो । ३५ वर्षको उमेरमा बुद्धत्व लाभ गरी ४५ वर्षसम्म उपदेश दिंदै ८० वर्षको उमेरमा उनको महापरिनिर्वाण भयो। बुद्धको जन्म, बोधिलाभ (इपू ५२८) र महापरिनिर्वाण (इपू ४८३) वैशाख पूर्णिमाकै दिन भएकाले बौद्ध धर्मका अनुयायीहरूले यस दिनलाई विशेष रूपमा सम्झने गर्छन्। यसैले ‘वैशाख पूर्णिमा’ लाई ‘बुद्ध पूर्णिमा’ पनि भनिन्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

बुद्धको जीवनका चार घटनालाई बौद्धहरूले अत्यन्त महत्त्वपूर्ण मान्छन् । जन्म (लुम्बिनी), बोधिलाभ (बोध गया), पहिलो पल्ट धर्मोपदेश दिएको (सारनाथ) र महापरिनिर्वाण भएको ठाउँ (कुशीनगर)लाई उनीहरू चार धाम भन्छन्। श्रद्धापूर्वक यी ठाउँको तीर्थयात्रा गर्छन् । यी चार धाममा किन जाने? बुद्धलाई किन सम्झने? यी दुई प्रश्नमा विमर्श गरे बौद्ध धर्मदर्शनलाई बुझ्न सहज हुन्छ ।

माथि उल्लिखित चार धाम अत्यन्तै संवेजनीय रहेको जनाउँदै यी ठाउँको भ्रमण गर्न गौतम बुद्धले नै भनेका थिए । संवेजनीय भन्नाले विशेष भाव वा वैराग्य जाग्ने भएकाले ध्यान गर्न उपयुक्त हुने । बुद्धलाई जीवनको अन्तिम समयमा भिक्षु आनन्दले सोधेको एक प्रश्नको जवाफमा बताएको यो विवरण बौद्ध ग्रन्थ महापरिनिर्वाण सूत्रमा उल्लेख छ । बुद्ध शिक्षाको सार पक्रन वैराग्य भाव नितान्त आवश्यक हुन्छ। वैराग्य एक पल्ट मात्रै जागेर हुँदैन, यसलाई निरन्तरता दिइराख्नुपर्छ । यसैलाई बौद्ध साधना भनिन्छ। यही साधनाका लागि बुद्धले चार ठाउँलाई बढी उपयुक्त मान्दै संवेजनीय स्थल भनेका हुन् । 

चार संवेजनीय स्थलमा प्रायः देखिने एउटा दृश्य हो, यहाँ पुग्ने बौद्धहरू स्वतः गम्भीर हुन्छन् र कतिपय अवस्थामा द्रवीभूत भएर आँखाबाट बरर आँसु झार्छन्। बौद्ध धर्मदर्शनमा ध्यानलाई विशेष जोड दिइन्छ। बौद्धहरूले ध्यानलाई जीवनशैली नै बनाउँछन् । यही ध्यान बौद्ध धर्मको आधारभूत दार्शनिक मान्यता अनित्य, दुःख र अनात्म बुझ्ने माध्यम हो । 

ध्यानको अनुभव सबैलाई एउटै हुँदैन र उही व्यक्तिलाई पनि कहिले ध्यान लाग्ने र कहिले नलाग्ने हुन्छ। तर चार संवेजनीय स्थलमा सजिलै र सघन रूपमा ध्यान लाग्ने साधकहरूको अनुभव सुनिन्छ । यही भएर बौद्धहरू दैनिक रूपमा आफ्नै घर वा विहारमा बसेर ध्यान गर्ने भए पनि वेलावेला बौद्ध तीर्थस्थलहरू जाने गर्छन्। यी ठाउँमा पुग्दा गैरबौद्ध धर्मावलम्बीहरू पनि बेग्लै शान्ति महसूस गर्छन् । 

बौद्ध वातावरणको रक्षा

बौद्ध स्थलहरूमा पुग्ने कतिपय मानिसको अपाच्य र अशोभनीय व्यवहारले नेपालमा बौद्ध शिक्षाको स्थिति निकै कमजोर देखाउँछ। बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हुन्, बौद्ध स्थल । यी ठाउँमा अन्य धर्मका मानिसले पनि निर्बाध प्रवेश पाउँछन्। उनीहरू पर्यटकका रूपमा जान्छन्, वस्तुस्थिति हेर्छन् र रमाउँछन् ।

तर कुनै पनि ठाउँमा घुम्न जाँदा पर्यटकले त्यहाँको संरचनामा दखल दिने, वातावरण बिथोल्ने काम गर्नु हुँदैन । विडम्बना के भने, शान्तिका दूत बुद्धसँग जोडिएको चार संवेजनीय स्थलमा जाने कतिपय पर्यटकले सामान्य मर्यादा पनि पालना नगरी अशान्ति फैलाइरहेका हुन्छन्। त्यसमा पनि बौद्ध वातावरण बिथोल्ने गरी सबैभन्दा बढी होहल्ला लुम्बिनीमा हुने गरेको छ ।

‘पिकनिक खाने ठाउँ नबनाए लुम्बिनीमा को आउँछ र?’ भन्ने मानसिकताबाट पिकनिक स्थल पनि बनाइएको छ। त्यहाँ सामान्य अवस्थामा पनि हल्ला हुने भइहाल्यो, त्यसमाथि मदिरा सेवनकर्ता र उग्र स्वभावका व्यक्तिहरू आपसमा झगडा गरेर वातावरण झनै खलबल्याउँछन्। लुम्बिनीको छविमा दाग लगाउने यस्ता क्रियाकलाप तत्काल रोक्नुपर्छ। बुद्ध र बौद्ध धर्मदर्शन सबैले बुझेकै हुनुपर्छ भन्ने आग्रह भाव राख्नु व्यावहारिक हुँदैन। तर कुनै पनि तीर्थस्थल जाँदा त्यहाँको वातावरणलाई बिथोल्नु हुँदैन भन्ने न्यूनतम चेतना त हुनै पर्छ। 

बुद्धको मर्म भुलेर दाबीमा जोडबल‍

माथि नै चर्चा गरियो, गौतम बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाण वैशाख पूर्णिमा (बुद्ध पूर्णिमा)कै दिन भएकाले यी तीन वटै घटनाको सग्लो आयाममा यस दिनको विशेष महत्त्व छ । बुद्ध पूर्णिमा यी तीन वटै पाटो जोडेर गरिने बुद्धको विशेष सम्झना हो। तर नेपालमा बुद्ध पूर्णिमालाई संकुचन गर्दै लगिएको पाइन्छ। बुद्धको जन्म र जन्मस्थलमा केन्द्रित संकुचनकै सिलसिला हो, बुद्ध पूर्णिमालाई ‘लुम्बिनी डे’ मा सीमित गर्न खोजिनु ।

बुद्धको जन्मसँगै बोधिलाभ र महापरिनिर्वाण समेतको सन्दर्भमा ‘बुद्ध जयन्ती’ मनाउने प्रचलन श्रीलंका र भारतबाट नेपालमा राणाकालमा भित्रिएको हो। त्यसअघि यो शब्दावलीको प्रयोग हामीकहाँ गरिंदैनथ्यो । यो सग्लो पाटो छाडेर जन्म र जन्मस्थल लुम्बिनीको विषयमा खुम्चिनु राम्रो होइन ।

अर्कातिर, बुद्धको दर्शनको मर्म बुझ्नु साटो हामी बोक्रे कुरामा रमाउँदै आएका छौं। 'बुद्ध वाज् बर्न इन नेपाल' भन्ने रटान लगाइरहन्छौं, तर बुद्धको मार्गदर्शन र सन्देश आत्मसात् वा विस्तार गर्न चुकिरहेका छौं । नेपालले बुद्ध मार्फत विश्वमा आफूलाई चिनाउन उनको जन्मको दाबी गर्न नसक्ने होइन । तर बुद्ध भनेकै के हो, यो धर्मदर्शनले के कुरामा जोड दिन्छ, त्यसलाई कसरी हासिल गर्ने लगायत प्रश्नलाई उपेक्षा गरेर विश्व रंगमञ्चमा नेपालले बुद्धप्रति अपनत्व दर्शाउनुको अर्थ रहँदैन ।

वैशाख पूर्णिमाको दिन बुद्धलाई सम्झनुको तात्पर्य बुद्धको शिक्षा मनन गर्नु हो र त्यसलाई जीवनमा उतार्न प्रतिबद्ध हुनु हो। विश्वले बुद्धको शिक्षाकै कारण उनलाई मानेको हो । बुद्धलाई उनको जन्म जस्तो घटनाविशेषका आधारमा मात्रै बुझ्ने हो भने बुद्ध र बौद्ध धर्मदर्शन भोलिका दिनमा नेपाल र भारतमा मात्रै सीमित हुन सक्छन्। बुद्ध जयन्तीका कार्यक्रमहरू अन्य उत्सव जस्तो रामरमाइलोका लागि नभई बुद्ध र उनको शिक्षालाई सम्झने र साधनामा अझ समर्पित हुन प्रतिबद्धता जनाउने अवसर हो ।


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २२:५४
#गौतम बुद्ध #बौद्ध धर्मदर्शन #बौद्ध तीर्थस्थल #नेपालमा बौद्ध शिक्षा #लुम्बिनी #बुद्ध जयन्ती
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप समाज
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य
HP-Algebra अवधारणाले अमूर्त बीजगणितमा नयाँ बहस, नेपालसहित तीन देशका अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय सहकार्य आइतबार, साउन ३, २०८३
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला
दुवै छिमेकीसँग सीमा विवाद : भावनाभन्दा कूटनीतिलाई प्राथमिकता दिनुपर्ने बेला सोमबार, असार १५, २०८३
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’
सरकारको ‘अल्टिमेटम’पछि सुकुमवासी चिन्तित, भन्छन्– ‘कोठा पाउने अवस्था नै छैन’ बुधबार, असार १०, २०८३
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ?
सुकुम्वासी बस्तीमा डोजर : सुनौलो युगको उद्घोष कि मानवीय त्रासदीको प्रारम्भ ? बिहीबार, जेठ ७, २०८३
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर
सरकारको रफ्तारसँगै अर्थतन्त्रका चुनौती र अवसर बुधबार, वैशाख २, २०८३
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण
संवैधानिक संकटको छायाँमा निर्वाचन र नेतृत्वको पुनःपरीक्षण बुधबार, माघ ७, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP