स्व. कृष्णसेन स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल पर्साले दुईजना पत्रकारलाई पुरस्कार वितरण गरेको छ ।
२२ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज कृष्ण उदास खनाल र सेन्टरका सदस्य राम मण्डललाई प्रेस सेन्टर नेपाल पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कृत दुवैजनालाई जनही २१/२१ हजार रुपैंयाको पुरस्कार प्रदान गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल र नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले दुबै पत्रकारलाई प्रमाणपत्र तथा पुरस्कृत राशी बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
सेन्टरका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त प्रहरीका प्रहरी उपरिक्षक राधेश्याम धिमाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल बार एसोशियसन पर्साका अध्यक्ष कमल मोहन पोखरेल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण प्रेस सेन्टर नेपालका सचिव शिवनाथ यादवले गरेका थिए ।