शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
विशेष खोज
  • गृहपृष्ठ
  • विशेष खोज
  • खेताला खोजेर छोरीको हत्या, बाबुले नै लगाए शवको शरीर र टाउको छुट्याउन
खेताला खोजेर छोरीको हत्या, बाबुले नै लगाए शवको शरीर र टाउको छुट्याउन
जियालाल साह
जियालाल साह शुक्रबार, माघ ५, २०८०
A1 Beakery Add A1 Beakery Add

बारामा खेताला लगाएर आफ्नै छोरीको हत्या गर्ने एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी टोलका हरिन्द्र महतो साढे ५ महिनाको अनुसन्धानपछि आफ्नै छोरीको हत्यामा संलग्न रहेको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खेताला खोजेर आफ्नै माईली छोरी कोशिला कुमारीको हत्यामा संलग्न महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए । तल्लो जातको युवकसँग प्रेममा रहेको कुरा गाउँँभरी हल्ला भएपछि २ जना सहयोगी खोजेर छोरीको हत्या गरेको र शवको शरीर र टाउको छुट्याएर खोलामा फाल्न लगाएको बयान पक्राउ परेका महतोले दिएको जिल्ला प्रहरी प्रवक्ता न्यौपानेले बताए । 

‘तल्लो जातको युवकसँग प्रेममा रहेको हल्ला गाउँभरी फैलिएपछि २ जना सहयोगी लगाएर छोरीको हत्या गरेको बयान महतोले दिएका छन्,’ बाराका प्रहरी प्रवक्ता न्यौपाने भन्छन्, ‘गाडीमा राखेर आफैँसमेत मिलेर हत्या गरेको र शवको शरीर र टाउको छुट्याएर इमृतिया खोला किनारमा फालेको महतोले स्वीकार गरेका छन् ।’ 

जिल्ला प्रहरी कार्यालय पर्साले साउन १३ गते अन्दाजी १६÷१७ वर्षको युवतीको विभत्स अवस्थामा शव फेला पारेको थियो । जिल्लाको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा फेला परेको शवबारे साढे ५ महिना लामो अनुसन्धानपछि हत्यामा बुबा र उनैले लगाएको सहयोगीहरु संलग्न रहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार छोरीको हत्या लुकाउन महतोले छोरी भागेर बिहे गरेको हुनसक्ने भन्दै उनलाई परिवारले अस्वीकार गरेकोले खोजी नगर्ने बताउने गरेका थिए । 

Add Sarwotam HospitalAdd Sarwotam Hospital

तल्लो जातको युवकसँग प्रेम गरेको भन्दै हत्या

दैनिक ज्यालादारी र आफ्नै थोरै जमिनमा खेतिपाती गरेर जिविकोपार्जन गर्ने हरिन्द्र महतोको ५ जनाको परिवार थियो । २ छोरीसहित, एक छोरा र श्रीमतीसहितको परिवार पाल्न दैनिक श्रम गर्ने हरिन्द्रले कमजोर आर्थिक अवस्थाका कारण माइली छोरी कोशिला कुमारीलाई मामा घरमा राखेर पढाएका थिए ।  

महतो हाट बजारमा तरकारी बेच्न जाँदा छोरीले बैठासँग प्रेम सम्बन्ध राखेको हल्ला उनले सुनेका थिए । गाउँ टोलमा छिमेकीले छोरीले तल्लो जातको युवकसँग लागेको हल्ला गरेपछि आफूलाई एकदमै चित्त दुखेको बयान उनले प्रहरीलाई दिएका छन् । छोरीलाई ति युवकसँग नलाग्न पटक–पटक भन्दा पनि आफ्नो कुरा नसुनेपछि हत्याको योजना बनाएको हरिन्द्रलाई उधृत गर्दै एक अनुसन्धान अधिकृतले बताए ।

‘ब्यापक हल्ला चल्न थालेपछि बाध्य भएर साउन ११ गते २ जना सहयोगीसँग मिलेर छोरीलाई गाडीमा लगेर गाडीमै हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलिया पुल नजिकै इमृतिया खोला किनारमा शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिदिएको हौँ,’ महतोलाई उदधृत गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले भने । 

बाबुको शंकास्पद बयानले खुल्यो पोल 

पर्सा प्रहरीले कोशिला कुमारीको शव साउन १३ गते बरामद गरेको थियो । तर, दोषी पहिल्याउन सकेको थिएन । प्रहरीले शवको थप पहिचानका लागि काठमाडौँको टिचिङ अस्पताल पठाएको थियो । 

घटना पर्साको भएपनि सिमावर्ती जिल्ला बारा र पर्सा प्रहरीले शंका लागेको विभिन्न गाऊँ चोकमा  दर्जनौँ व्यक्तिसँग शवको बारेमा शोधखोज गरेको थियो । तर, शव फेला परेको ६ महिनापछि बारा प्रहरीले फेटा गाऊँपालिकाको त्रिवेणी टोलमा बस्ने हरिन्द्र महतोका छोरी कोहिसँग फरार रहेको भन्दै गाईँगुईँ सूचना पाए । 

उक्त सूचनालाई पछ्याउँदै जाँदा बाबु हरिन्द्र महतोसँग सोधपुछ गर्दा छोरी भागेको हुनसक्ने बयान दिएका थिए । घरबाट भागेर बिहे गरेको तर ६ महिनासम्म कुराकानी नभएको भन्ने सूचनापछि प्रहरीले बाबुको बयानमै शंका गर्यो । अनुसन्धानमा कोशिला कुमारीको चिनजान भएकाहरुसँग बुझ्दा भागेको भन्दा पनि बेपत्ता पारिएको सूचना प्रहरीले पाए ।

त्यो सूचना र यता बारा प्रहरीले टाउको र शरीर फालिएको भनिएको शवसँग तुलना गर्दा उमेर उस्तै उस्तै भएको तथ्य फेला पार्यो । त्यसपछि प्रहरीले १  सय  ५९ औँ दिनमा छोरीको फोटो र हत्यागरी फालिएको शवको फोटो तुलना गर्दा एउटै रहेको फेला पारे । प्रहरीले हत्यामा संलग्न थप सहयोगीहरुको खोजी गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०९:११
#जिल्ला प्रहरी कार्यालय बारा #जिल्ला प्रहरी कार्यालय पर्सा #कोशिला कुमारी #फेटा गाउँपालिका
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप विशेष खोज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार शुक्रबार, कात्तिक २०, २०८३
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा शुक्रबार, कात्तिक २०, २०८३
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
पटाकासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा बुधबार, कात्तिक १८, २०८३
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही
तिहारमा प्लास्टिकका फूलमाला बेच्न प्रतिबन्ध, बिक्री गरे कारबाही मंगलबार, कात्तिक १७, २०८३
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद
सशस्त्र प्रहरीको ठूलो सफलता : ७ हजार ८२६ किलो गाँजा बरामद सोमबार, कात्तिक १६, २०८३
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार
फ्रिज चोरेर भाग्न खोज्दा गेटमै अड्किए चोर, बिहान प्रहरीद्वारा उद्धार सोमबार, कात्तिक १६, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–३१ को विद्यालयमा आर्थिक अनियमितता र अनियमित हाजिरीको आरोप,  प्रधानाध्यापक रामजीत प्रसाद चौहानसँग महानगरको स्पष्टीकरण माग
वीरगंज–३१ को विद्यालयमा आर्थिक अनियमितता र अनियमित हाजिरीको आरोप, प्रधानाध्यापक रामजीत प्रसाद चौहानसँग महानगरको स्पष्टीकरण माग वीरगंज सिटी
१० वर्षदेखि विवादमा ठूलो पिपराको मुखिया सडक, विस्तार नहुँदा स्थानीयवासी मारमा
१० वर्षदेखि विवादमा ठूलो पिपराको मुखिया सडक, विस्तार नहुँदा स्थानीयवासी मारमा वीरगंज सिटी
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP