शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Tihar Banner
Tihar Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #बारागढी गाउँपालिका
  • #मधेश
  • #अनियमितता
  • #सुशासन
  • #पारदर्शिता
  • #सार्वजनिक सम्पत्ति
  • #महालेखापरीक्षक
  • #सार्वजनिक खर्च
  • #कुटपिट प्रकरण
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वीरगंज–३१ को विद्यालयमा आर्थिक अनियमितता र अनियमित हाजिरीको आरोप, प्रधानाध्यापक रामजीत प्रसाद चौहानसँग महानगरको स्पष्टीकरण माग
वीरगंज–३१ को विद्यालयमा आर्थिक अनियमितता र अनियमित हाजिरीको आरोप, प्रधानाध्यापक रामजीत प्रसाद चौहानसँग महानगरको स्पष्टीकरण माग दिवा खाजा बजेट र चारकोठे भवन निर्माणको खर्च विवरणसहित आवश्यक कागजात पेस गर्न महानगरको पत्र, अख्तियारलाई समेत बोधार्थ
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक २२, २०८३
A1 Beakery Add A1 Beakery Add

वीरगंज महानगरपालिका वडा नम्बर ३१, बेलवा पर्सौनीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक रामजीत प्रसाद चौहानमाथि आर्थिक अनियमितता तथा अनियमित हाजिरीसम्बन्धी आरोप लागेको छ ।

यस विषयमा महानगरपालिकामा मुद्दा दर्ता भएपछि महानगरपालिकाले प्रधानाध्यापक चौहानलाई पत्राचार गर्दै स्पष्टीकरणसहित विभिन्न आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले पठाएको पत्रमा प्रधानाध्यापक चौहानको जिम्मेवारी निर्वाह, विद्यालयको आर्थिक कारोबार तथा प्रशासनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा प्रश्न उठाउँदै आवश्यक विवरण र प्रमाणित कागजात माग गरेको छ ।

दिवा खाजा बजेट र विद्यार्थीको विवरण माग

महानगरपालिकाले विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि निकासा भएको बजेट र त्यसको खर्च विवरण माग गरेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

पत्रअनुसार शैक्षिक सत्र २०८८ मा दिवा खाजाका लागि निकासा भएको रकम, विद्यार्थीको ईएमआईएस (EMIS) विवरण, दिवा खाजा प्रतिवेदन तथा खर्च अनुमोदन गर्ने विद्यालय व्यवस्थापन समितिको निर्णयलगायतका कागजातको प्रमाणित प्रतिलिपि पेस गर्न भनिएको छ ।

दिवा खाजा कार्यक्रमअन्तर्गत प्राप्त बजेट र विद्यार्थीको वास्तविक विवरणबीचको अवस्था स्पष्ट पार्ने उद्देश्यले महानगरपालिकाले उक्त कागजात माग गरेको देखिन्छ ।

चारकोठे भवन निर्माणको खर्च विवरणसमेत माग

विद्यालयमा निर्माण गरिएको चारकोठे भवनसँग सम्बन्धित सम्पूर्ण आर्थिक तथा प्राविधिक कागजातसमेत महानगरपालिकाले माग गरेको छ ।

माग गरिएका कागजातमा स्वीकृत बजेट, लागत अनुमान, नापी किताब, सूचना, तुलनात्मक तालिका, सम्झौता, कार्यादेश, कार्यसम्पन्न प्रतिवेदन, भुक्तानीका गोश्वारा भौचर, निर्माण चरणका तस्बिर तथा अनुगमन प्रतिवेदनलगायतका विवरण समावेश छन् ।

भवन निर्माणका लागि विनियोजित रकम कति खर्च भयो र निर्माण कार्य वास्तविक रूपमा कति सम्पन्न भएको छ भन्ने विषय स्पष्ट पार्न महानगरपालिकाले उक्त विवरण माग गरेको हो।

तीन तहको सरकारबाट बजेट विनियोजन भएको विषयमा पनि प्रश्न

विद्यालयमा सुरुमा दुईकोठे भवन निर्माण गरिएको र पछि माथिल्लो तला थप गरी थप दुई कोठा निर्माण गरेर चारकोठे भवन बनाइएको विषयमा समेत महानगरपालिकाले स्पष्टीकरण माग गरेको छ ।

उक्त निर्माण कार्यमा सरकारका तीनै तहबाट बजेट विनियोजन भएको भनिएको विषयमा कुन निकायबाट कति बजेट प्राप्त भयो, कसरी खर्च गरियो र निर्माण कार्य कसरी सम्पन्न भयो भन्नेबारे स्पष्ट विवरण पेस गर्न भनिएको छ ।

त्यसैगरी, प्रधानाध्यापक चौहानको नियमित हाजिरी, जिम्मेवारी निर्वाह तथा कार्यसम्पादनसँग सम्बन्धित विषयमा समेत महानगरपालिकाले जवाफ माग गरेको छ ।

अख्तियारलाई समेत बोधार्थ

महानगरपालिकाले प्रधानाध्यापक चौहानलाई पठाएको पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौँडा, मकवानपुरलाई समेत पठाइएको जानकारी प्राप्त भएको छ ।

यस घटनाले विद्यालयको आर्थिक पारदर्शिता, दिवा खाजा कार्यक्रमको कार्यान्वयन तथा सार्वजनिक बजेटबाट निर्माण गरिएका भौतिक संरचनाको खर्च र व्यवस्थापनमाथि प्रश्न खडा गरेको छ ।

यद्यपि, प्रधानाध्यापक रामजीत प्रसाद चौहानमाथि लागेका आरोपहरू हालसम्म पुष्टि भइसकेका छैनन् । महानगरपालिकाले माग गरेका कागजात तथा स्पष्टीकरणपछि सम्बन्धित निकायको छानबिनबाट वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १४:००
#वीरगंज महानगरपालिका #आर्थिक अनियमितता #विद्यालय भवन निर्माण #दिवा खाजा कार्यक्रम #नेपाल राष्ट्रिय आधारभूत विद्यालय #सार्वजनिक बजेट #वीरगंज–३१ #बेलवा पर्सौनी #रामजीत प्रसाद चौहान #अनियमित हाजिरी #विद्यालयमा भ्रष्टाचारको आरोप #दिवा खाजा बजेट #चारकोठे भवन निर्माण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
१० वर्षदेखि विवादमा ठूलो पिपराको मुखिया सडक, विस्तार नहुँदा स्थानीयवासी मारमा
१० वर्षदेखि विवादमा ठूलो पिपराको मुखिया सडक, विस्तार नहुँदा स्थानीयवासी मारमा आइतबार, कात्तिक २२, २०८३
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात शनिबार, कात्तिक २१, २०८३
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित)
जुद्ध म्याच फ्याक्ट्रीको नाममा जग्गा नामसारी विवाद : मन्त्रीको निर्देशनपछि छानबिन सुरु, नापी कार्यालयको भूमिकामाथि प्रश्न ( भिडियो रिपोर्ट सहित) शनिबार, कात्तिक २१, २०८३
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन
वीरगंजमा ३ करोड ९५ लाख खर्चेर बनाइएका बर्थिङ सेन्टर अलपत्र, चार वर्षसम्म सेवा सञ्चालन भएन शुक्रबार, कात्तिक २०, २०८३
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा
वीरगंज महानगरको सोलार पोल ठेक्कामा केरमेट , पुनम आर्टसको बोलपत्र विवादमा शुक्रबार, कात्तिक २०, २०८३
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै
छठ पर्वलाई लक्षित गर्दै सिर्सिया नदीमा पानीको बहाव बढाउने विकल्प खोजिँदै शुक्रबार, कात्तिक २०, २०८३
Vacancy Vacancy
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
ठगी मुद्दाका फरार आरोपित सुजनलाई गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार वीरगंज सिटी
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा
श्रीमतीको हत्या गरेको नरेश भट्टद्वारा स्वीकार, शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको खुलासा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज–३१ को विद्यालयमा आर्थिक अनियमितता र अनियमित हाजिरीको आरोप,  प्रधानाध्यापक रामजीत प्रसाद चौहानसँग महानगरको स्पष्टीकरण माग
वीरगंज–३१ को विद्यालयमा आर्थिक अनियमितता र अनियमित हाजिरीको आरोप, प्रधानाध्यापक रामजीत प्रसाद चौहानसँग महानगरको स्पष्टीकरण माग वीरगंज सिटी
१० वर्षदेखि विवादमा ठूलो पिपराको मुखिया सडक, विस्तार नहुँदा स्थानीयवासी मारमा
१० वर्षदेखि विवादमा ठूलो पिपराको मुखिया सडक, विस्तार नहुँदा स्थानीयवासी मारमा वीरगंज सिटी
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात
एउटै प्रज्ञापनपत्रमा ९ गाडी भन्सार पास, ३ वटामा अवैध मालवस्तु फेला; बाँकी ६ गाडीको अवस्था अझै अज्ञात वीरगंज सिटी
विशेष खोज
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
हामीलाई भन्नुछ
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित
वीरगंजको फोहोरमैला प्रशोधन केन्द्र अव्यवस्थित, दुर्गन्धले बस्तीका बासिन्दा प्रभावित वीरगंज सिटी
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ?
स्थानीय तह तथा आसन्न निर्वाचनलाई लिएर वीरगंजवासीको धारणा कस्तो छ, उनीहरूको प्राथमिकता के–कस्ता छन्र ? वीरगंज सिटी
उद्यमी मञ्च
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
खेलकुद
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो
टस जित्दै जनकपुरले लुम्बिनीलाई दियो ब्याटिङको निम्तो वीरगंज सिटी
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल
एनपिएलमा राहुलको सफलताले फेरियो झुपडीको माहोल वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP