नेपाली कांग्रेसका सभापति गगन थापा फागुन १६ गते वीरगंज आउने भएका छन् ।
आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस पर्साले वीरगन्जमा आमसभा आयोजना गर्न लागेको हो । पर्सा जिल्ला कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार, फागुन १६ गते घण्टाघर छेउको बीपी उद्यानमा कांग्रेसले आमसभा गर्नेछ । उक्त कार्यक्रममा कांग्रेस सभापति थापासँगै अन्य शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रबाट कांग्रेस नेताकार्यकर्ता र समर्थकहरु वीरगन्जमा सहभागी भई कांग्रेसको शक्ति प्रदर्शन गर्ने तयारी रहेको कांग्रेस पर्साले जनाएको छ ।
आमसभाले आगामी निर्वाचनको तयारी र कांग्रेसको एकता देखाउने प्रमुख अवसरका रूपमा लिइएको छ ।