सिरहा सदरमुकामस्थित सिरहा जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा बम विस्फोट भएको छ ।
विस्फोट दिउँसो करिब ४ बजे भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार विस्फोटमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सुतली बम विस्फोट भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले पनि सुरक्षा निकायको टोली परिचालित रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।