वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट प्रहरीले शनिबार दिउँसो नियन्त्रित लागूऔषध ट्रामाडोल ५२ हजार ३ सय ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बारा परवानीपुर गाउँपालिका–१ रहरीया डिह बस्ने ४२ वर्षीय राम असिस राउत अहिर र पर्सा बहुदरमाई नगरपालिका–२ सिसियाडी टोल बस्ने ३० वर्षीय सुबास सराफ रहेका छन्।
प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज २७६५ नम्बरको सुमो जाँच गर्ने क्रममा दुई वटा बोरामा लुकाइएको लागूऔषध फेला पारी सुमो चालक राम र सवार सुबासलाई नियन्त्रणमा लिएको थियो।
यस सम्बन्धमा प्रहरी अनुसन्धान जारी राखिरहेको छ।