पर्सा १ का सांसद हरि पन्तले आज सपथ ग्रहण गर्न जानुअघि जेन्जी आन्दोलनका शहिद परिवारलाई भेटेका छन् ।
सांसद पन्तले जेन्जी आन्दोलनका शहिद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइसँग शहिदको घरमै गएर भेटवार्ता गरेका थिए।
भेटका क्रममा सांसद पन्तले शहिद परिवारबाट एक जनालाई रोजगारीको अवसर दिलाउन अब बन्ने सरकारसँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले जेन्जी आन्दोलनकै कारण सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको भन्दै आन्दोलनका शहिदहरूको बलिदानको उच्च सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।
सांसद पन्तले शहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान प्रकट गरेका थिए। जेन्जी आन्दोलनको क्रममा भाद्र २४ गते कोटेश्वरमा गोली लागेर असाब आलम ठकुराइको मृत्यु भएको थियो। शहिद आलमको परिवारमा उनकी श्रीमती, बुबा, आमा र भाइहरू रहेका छन्।
सांसद पन्तको भेटले शहिद परिवारप्रति सम्मान व्यक्त गर्नुका साथै नयाँ सरकारद्वारा सामाजिक न्याय र रोजगारीका अवसर सुनिश्चित गर्ने संकेतका रूपमा हेरिएको छ।