बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ स्थित सडकमा सोमबार साँझ दुई भारतीय मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सिम्रौनगढका ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार महतो घाइते भएर प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ भने सोही मोटरसाइकलमा सवार अर्को व्यक्ति हिमाल अस्पताल वीरगन्जमा उपचाररत छन् ।
बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।