राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरूलाई पार्टीका सभापति रवि लामिछानेले राजनीतिक प्रशिक्षण प्रदान गरिरहेका छन्।
मंगलबारदेखि ललितपुरमा जारी सांसद अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा सभापति लामिछानेले विशेष सम्बोधन गरिरहेका हुन्।
नवनिर्वाचित सांसदहरूलाई राजनीतिक जिम्मेवारी, संसदीय अभ्यास र विधायन प्रक्रियाबारे पूर्व जानकारी गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पूर्व सचिवहरू तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र व्यवहारिक पक्षबारे प्रशिक्षण प्रदान गरिएको पार्टीले जनाएको छ।