संघीय संसद सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ तथा पहिलो बैठकको तयारीमा जुटेको छ । सचिवालयका सचिव ठा. रोजनाथ पाण्डे का अनुसार, निर्वाचन आयोग ले आफ्नो प्रक्रिया पूरा गरी राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै संसद सचिवालयमा नवनिर्वाचित सदस्यहरूको विवरण प्राप्त हुनेछ ।
आयोगले पठाएको विवरणका आधारमा सचिवालयले शपथ ग्रहणमा उपस्थित हुनुपर्ने सदस्यहरूलाई सूचना जारी गर्नेछ । शपथको कार्यक्रम राष्ट्रपतिको कार्यालयसँग समन्वय गरेर तय गरिनेछ ।
राष्ट्रपतिले पहिले नवनिर्वाचित सदस्यहरू मध्ये ज्येष्ठ सदस्यलाई शपथ गराउनेछन् र अर्को सभामुख चयन नभएसम्मका लागि सभामुखको जिम्मेवारी दिनेछन् । त्यसपछि अन्य सदस्यहरूको शपथ सम्पन्न हुनेछ । सचिवालयका अनुसार, फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ चैत १२ गते हुने अनुमान गरिएको छ ।
शपथ ग्रहणपछि राजनीतिक दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्नेछन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेछ । यदि १२–१३ गतेमा सरकार गठन भए, प्रतिनिधि सभाको पहिलो बैठक चैत १५ गते सिंहदरबारस्थित नयाँ संसद भवनमा आह्वान हुने तयारी रहेको छ ।