स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु सात हजार ८०० ले घटेको छ भने चाँदी प्रतितोला रु ११५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ५०० कायम भएको छ । त्यस्तै चाँदी प्रतितोला रु चार हजार ८९५ मा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला रु तीन लाख दुई हजार ३०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु पाँच हजार १० कायम भएको थियो ।
यसैगरी, गत बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख सात हजार ७०० कायम भएको थियो भने चाँदी प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ७०० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ७५ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।