प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा पूजाआजा गरेका छन् ।
मध्यान्ह साढे १२ बजे विभिन्न धार्मिक विधिअनुसार स्वस्तिवाचन र शंखनाद गरी शपथ ग्रहण गरेका बालेनले साँझ पनि बालुवाटारमा पूजाआजा गरेका हुन् ।
सूत्रका अनुसार, उनले आफैँ प्रत्यक्ष संलग्न भएर पूजा सम्पन्न गरेका थिए । त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सबै मन्त्रालयका सचिवलगायत उच्च तहका कर्मचारीहरूलाई ब्रिफिङ गरेका थिए ।
ब्रिफिङपछि बसेको मन्त्रिपरिषद् बैठकले चारवटा महत्वपूर्ण निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री बालुवाटार पुगेका थिए ।