सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली को बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेल को इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक को निवेदनमा पनि कारण देखाउ आदेश जारी गरिसकेको छ । अदालतले उनीहरूलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि सरकारी पक्षलाई समेत उपस्थित हुन निर्देशन दिएको छ ।
ओलीका तर्फबाट उनकी श्रीमती राधिका शाक्य ले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन् । गत शनिबार प्रहरीले भदौ २३ र २४ गतेका घटनामा छानबिनका लागि ओली र लेखकलाइ पक्राउ गरेको थियो ।
उक्त पक्राउविरुद्ध परिवारले गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।