साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८ अंकमा पुगेको छ ।
दिउँसो १२:२२ बजे २८०९ अंकसम्म झरेको नेप्से अन्तिम समयमा सुधारिँदै हरियो रहन सफल भएको हो । अघिल्लो दिन भने नेप्से ३३ अंकले घटेको थियो ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँमा सीमित भयो ।
नेप्से बढे पनि अधिकांश कम्पनीको मूल्य घटेको देखिएको छ। १०८ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको घट्यो भने १२ कम्पनी स्थिर रहे। ठूलो पूँजी भएका कम्पनीहरूको मूल्य बढेकाले समग्र परिसूचक उकालो लागेको हो ।
समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशतले बढेको छ । यसैगरी होटल तथा पर्यटन १.३८, हाइड्रोपावर ०.६७, अन्य ०.५६ र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन् ।
यता बैंकिङ ०.२७, विकास बैंक ०.३८, फाइनान्स ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३३ र निर्जीवन बीमा ०.५३ प्रतिशतले घटेका छन् ।
यस दिन पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । तीमध्ये पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर रहेका छन् ।
त्यस्तै कालिका पावर, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको मूल्य पनि उल्लेख्य बढेको छ ।
सबैभन्दा बढी गिरावट एसियन हाइड्रोपावर, सुपरखुदी हाइड्रो र इमर्जिङ नेपालमा देखिएको छ ।
धेरै कारोबार भएका कम्पनीहरूमा नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।