नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदी मंगलबार घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको हो ।
महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ कायम भएको छ ।