बारामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभार निवासी जनक चौधरीका अन्दाजी ३६ वर्षीय छोरा लुटावन चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार चौधरी आफ्नै खेतमा काम गरेर घर फर्कने क्रममा घरबाट करिब ५०० मिटर पूर्वतर्फको बाटोमा हावाहुरीसहित परेको चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पण्डितले जानकारी दिएका छन् ।