वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ अर्ब २० करोड रुपैयाँ अर्थात् १० प्रतिशतले बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार भन्सार विभागले नौ महिनाका लागि निर्धारण गरेको एक खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँको लक्ष्यमध्ये ८९ प्रतिशत प्रगति हासिल भएको छ ।
महिनागत विवरण अनुसार कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्र्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यसैगरी पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड र चैतमा सबैभन्दा बढी २२ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
भन्सार विभागले वीरगंज भन्सारलाई चालु आर्थिक वर्षका लागि कुल दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य दिएको थियाे ।