नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी आदिल अन्सारी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
सिम्रौनगढ नगरपालिका निवासी अन्सारी सवार मोटरसाइकल बम नहर सडकखण्डअन्तर्गत थलही पुल नजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनाका क्रममा उनी पुलमुनि खसेका थिए ।
घाइते अन्सारीलाई तत्काल उद्धार गरी वीरगञ्जस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोत र परिवारका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।