शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पोखरियामा ७ करोड अनियमितता नगरप्रमुख र उपप्रमुखबीच आरोप–प्रत्यारोप बढ्दो
पोखरियामा ७ करोड अनियमितता नगरप्रमुख र उपप्रमुखबीच आरोप–प्रत्यारोप बढ्दो
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, वैशाख १५, २०८३
A1 Beakery Add A1 Beakery Add

पोखरिया नगरपालिकामा सात करोड रुपैयाँ गायब भएको आरोप सार्वजनिक भएपछि स्थानीय तहको वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ ।

उपप्रमुख रूबि ठाकुरले सार्वजनिकरूपमा उक्त विषय उठाएपछि अहिले नगरप्रमुख प्रद्युम्न चौहान र उपप्रमुखबीच आरोप–प्रत्यारोप तीव बनेको छ भने सम्बन्धित निकायहरूले पनि छानबीन प्रक्रिया अगाडि बढाउन दबाब महसूस गरिरहेका छन् ।

उपप्रमुख ठाकुरले नगरपालिकाको खाताबाट स्वास्थ्य क्षेत्रका लागि आएको सशर्त अनुदान अन्तर्गतको करीब सात करोड रुपैयाँ अन्य शीर्षकमा खर्च गरिएको आरोप लगाएकी छन् । उनका अनुसार उक्त रकम योजनाबद्धरूपमा कृषि, शिक्षा, पूर्वाधारलगायतका अन्य कार्यक्रमहरूमा प्रयोग गरिएको भएपनि त्यसको उचित अभिलेख, प्रमाण र लेखापरीक्षण हुन सकेको छैन । उनले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा आर्थिक अनियमितता भएको दाबी गर्दै यसबारे गहिरो छानबीन हुनुपर्ने माग गरेकी छन् ।

उनले थप आरोप लगाउँदै भनेकी छन्, “नगरप्रमुखले योजना छनोटदेखि कार्यान्वयनसम्मका प्रक्रियामा आफ्नो स्वार्थ अनुसार निर्णय गर्दै आएका छन् । कर्मचारी भर्ना प्रक्रियामा समेत पारदर्शिता नअपनाइ मनपरी ढङ्गले नियुक्ति गरिएको र आफ्ना नजीकका ठेकेदारलाई मात्र काम दिइएको छ ।“

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यसरी संस्थागत प्रणालीलाई कमजोर बनाउँदै आर्थिक अनुशासन उल्लङ्घन गरिएको भन्दै उनले सम्बन्धित निकायलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेकी छन् ।

यता नगरप्रमुख चौहानले भने सबै आरोप अस्वीकार गरेका छन्। उनले उपप्रमुखको आरोपलाई ’राजनीतिक प्रेरित’ भन्दै तथ्यहीन भएको दावी गरेका छन् । तर आरोपको विस्तृत खण्डन गर्दै प्रमाण प्रस्तुत गर्ने विषयमा भने उनी स्पष्ट देखिएका छैनन् । उनले भने, “सशर्त अनुदानको रकम आवश्यकता अनुसार अन्य शीर्षकमा खर्च गर्ने प्रचलन रहेको छ, र त्यही अनुसार काम गरिएको हाे । उनको यो स्वीकारोक्ति स्वयंमा विवादको केन्द्र बनेको छ, किनकि सशर्त अनुदानलाई तोकिएको उद्देश्यबाहेक अन्यत्र खर्च गर्नु कानूनीरूपमा प्रश्नयोग्य मानिन्छ ।

नगरप्रमुखले उल्टै उपप्रमुखमाथि नै आरोप लगाउँदै राजस्व परामर्श समितिको संयोजक भएर पनि वित्तीय अवस्थाबारे जानकारी नराख्नु ’लज्जास्पद’ भएको बताएका छन् । साथै उनले उपप्रमुख ठाकुर आफूअनुकूल काम गर्न नसक्ने र उनका पतिको प्रभावमा रहेर विवाद सिर्जना गरिएको आरोपसमेत लगाएका छन् । उनले उपप्रमुखलाई सवारीसाधन उपलब्ध गराइएको भएपनि उनले मासिक एक लाख रुपैयाँ भाडामा नयाँ गाडी प्रयोग गरेको र दुई वर्षसम्म त्यसबारे मौन बसेर अहिले विवाद उठाएको दाबी गरेका छन् ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृत कौशल झाले नगरपालिकाको आर्थिक अवस्था निकै जटिल रहेको स्वीकार गरेका छन् । उनका अनुसार स्रोतले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरिएकाले तलब व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । ११ महीनादेखि तलब नपाएका कर्मचारी छन्, म आफैले पनि चार महीनादेखि तलब पाएको छैन, उनले बताएका छन् । उनले दरबन्दीभन्दा बढी कर्मचारी राख्नु र राजस्व सङ्कलन क्षमताभन्दा धेरै खर्च गर्ने प्रवृत्तिले वर्तमान सङ्गट निम्त्याएको स्पष्ट पारे ।

पोखरिया नगरपालिकाको बार्षिक आन्तरिक आम्दानी करीब दुई करोड रुपैयाँ मात्र रहेको छ । तर खर्च व्यवस्थापनका लागि १८ करोड रुपैयाँको लक्ष्य निर्धारण गरिएको देखिन्छ । विगतका वर्षहरूमा पनि यस्तै असन्तुलित लक्ष्य निधर्धारण गर्दै आएको र वास्तविक आम्दानी वृद्धि नभएको तथ्यले वित्तीय योजना निर्माणमै गम्भीर कमजोरी रहेको सङ्केत गर्छ। यसले अनुदानमा अत्यधिक निर्भरता र त्यसको दुरुपयोग हुने जोखिम बढाएको देखिन्छ ।

सात करोड रुपैयाँ गायब भएको भनिएको रकम वास्तवमा स्वास्थ्य प्रयोजनका लागि आएको सशर्त अनुदान रहेको खुलेको छ । नगरप्रमुखको निर्देशनमा पूर्व प्रमुख प्रशासकीय अधिक्त अजय श्रीवास्तव र लेखापालले उक्त रकम अन्य शीर्षकमा खर्च गरेको आरोप छ । तर ती खर्चहरूको हालसम्म स्पष्ट अभिलेख र लेखापरीक्षण नहुँदा रकमको यथार्थ स्थिति अस्पष्ट बनेको छ ।

यस घटनाले नियामक निकायहरूको भूमिकामाथि पनि प्रश्न उठाएको छ । विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रभावकारितामाथि स्थानीयवासीले आलोचना गरेका छन् । उनीहरूका अनुसार विगतमा पटकपटक उजुरी परे पनि अख्तियारले ठोस कारबाही अघि बढाउन सकेको छैन । छानबीनका नाममा कागजपत्र सङ्कलन गर्ने, बयान लिने र लामो समयसम्म मुद्दा अल्झाएर राख्ने प्रवृत्तिले जनप्रतिनिधि र कर्मचारीहरूको मनोबल बढाएको आरोप छ ।

स्थानीयवासीहरू भन्छन्, “कारबाही नहुँदा भ्रष्टाचार गर्नेहरू झन् निर्भीक बनेका छन् ।“ उनीहरूको माग छ कि यसपटक भने छानबीन निष्पक्ष, छिटो र प्रभावकारी ढङ्गले गरियोस् र दोषी जो कोही भएपनि कारबाहीको दायरामा ल्याइयोस् ।

यो प्रकरणले नेपालको स्थानीय तहमा वित्तीय अनुशासन, पारदर्शिता र सुशासनका चुनौतीहरूलाई पुनः उजागर गरेको छ । सङ्घीय संरचना अन्तर्गत स्थानीय सरकारलाई दिइएको अधिकारसँगै उत्तरदायित्व पनि बढेको छ, तर त्यही अनुपातमा निगरानी र नियन्त्रण संयन्त्र बलियो हुन नसकेको देखिन्छ ।

सात करोड रुपैयाँ बास्तबमै कहाँ गयो ? के यो प्रशासनिक कमजोरी मात्र हो, वा सुनियोजित आर्थिक अनियमितता ? यसको जवाफ छानबीनपछि मात्र स्पष्ट हुनेछ । तर अहिलेकै अवस्था हेदां पोखरिया नगरपालिकामा देखिएको यो विवादले व्यापक प्रणालीगत सुधारको आवश्यकता औंल्याएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १६:५४
#अख्तियार दुरुपयोग अनुसन्धान आयोग #पोखरिया नगरपालिका #सुशासन #नेपाल समाचार #स्थानीय सरकार #पारदर्शिता #राजनीतिक विवाद #सार्वजनिक खर्च #विकास बजेट #स्थानीय तह भ्रष्टाचार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन बिहीबार, कात्तिक १२, २०८३
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’
वीरगंज–१६ नगवामा पाँच वर्षदेखि दुर्गन्धको सास्ती, स्थानीय भन्छन्– ‘नर्कमा बसेको अनुभूति हुन्छ’ बिहीबार, कात्तिक १२, २०८३
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) बिहीबार, कात्तिक १२, २०८३
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक
वीरगंजका सडकमा जथाभावी तरकारी तथा फलफूल बजार लगाउन रोक बिहीबार, कात्तिक १२, २०८३
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) बिहीबार, कात्तिक १२, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP