पथलैया–वीरगंज सडकखण्ड अन्तर्गत डाबर नेपाल अगाडि बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–३ बसन्तपुर निवासी ४० वर्षीय राम चमार रहेका छन् ।प्रहरीका अनुसार वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना २७ प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा चालक राम चमार र पछाडि सवार उनकी ३५ वर्षीया श्रीमती जानकी देवी गम्भीर घाइते भएका थिए ।
दुर्घटनापछि तत्काल उद्धार गरी दुवैलाई उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो । उपचारकै क्रममा राम चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते जानकी देवीको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पथलैया–वीरगंज सडकखण्ड अन्तर्गत डाबर नेपाल अगाडि बुधबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–३ बसन्तपुर निवासी ४० वर्षीय राम चमार रहेका छन् ।
प्रहरीका अनुसार वीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको ना २७ प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा चालक राम चमार र पछाडि सवार उनकी ३५ वर्षीया श्रीमती जानकी देवी गम्भीर घाइते भएका थिए ।