ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ ।
नियमित चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेट नजिकै कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर टोल बस्ने ३५ वर्षीय ललन पासवानको रातो झोलाबाट लुकाईछिपाई राखिएको ५ किलो ९ सय ग्राम गाँजा फेला परेको छ । भने यस्तै जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२ अमलेखगंज बस्ने १९ वर्षीय उमेश थिङ्गले बोकेको निलो झोलाबाट ८ सय ग्राम गाँजा फेला परेको हाे ।
दुबैजना विरुद्ध पर्सा जिल्ला अदालतबाट सात/सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।