इन्द्रबहादुर बानियाँ को घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले छापा मारेको छ ।
अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा प्रारम्भिक अनुसन्धान सुरु गरिएको स्रोतले जनाएको छ । विभागको टोलीले काठमाडौं र हेटौँडास्थित बानियाँको घर तथा कार्यालयमा पुगेर आवश्यक कागजात संकलन र जाँचबुझ गरेको बताइएको छ ।
बानियाँ ‘क’ वर्गका निर्माण व्यवसायी समेत हुन्। उनकाे बानियाँ निर्माण सेवा कम्पनी सञ्चालनमा रहेको छ ।
यद्यपि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यस विषयमा औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन । मुख्यमन्त्री बानियाँ पक्षबाट पनि हालसम्म आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।