स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।
सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो । उनलाई सोमबार काठमाडौं महानगरपालिका २ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
सञ्चालन अनुमति रद्द भएपछि हाल बन्द रहेको स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक सरकारको हकबाट टुटाएको आरोप जोशी माथि छ ।