जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजकभन्दा बढी सामान लोड भएका दुई ट्रकलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका–८, घण्टाघर स्थित ना. ३ ख ५१६५ र प्र.७–०१–००१ ख ३०८८ नम्बरका ट्रकहरू नियन्त्रणमा लिइएका हुन् । प्रहरीले जनाए अनुसार, यी ट्रकहरूमा कपडा, औषधि, र खुद्रा मालबस्तुहरू लोड गरिएका थिए, जसको मूल्य एक करोड एकतिस लाख पन्ध्र हजार छ सय अन्ठान्वे रुपैयाँ बराबरको फेला परेको छ ।
नियन्त्रणमा लिएका ट्रकहरू वीरगंजबाट चितवन र कैलालीतर्फ लैजाँन लााग्दा पक्राउ परेका हुन् ।
बरामद गरिएका सामानहरू थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ ।