शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • ९८ लाखको ट्राफिक लाइट बिग्रेर थन्कियो, जनकपुरधामको यातायात व्यवस्था अस्तव्यस्त
९८ लाखको ट्राफिक लाइट बिग्रेर थन्कियो, जनकपुरधामको यातायात व्यवस्था अस्तव्यस्त
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, वैशाख २७, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सवारी साधन व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले करिब तीन वर्षअघि जडान गरिएको ट्राफिक लाइट अहिले बिग्रेर थन्किएको छ ।

झण्डै ९८ लाख रुपैयाँ खर्च गरेर जडान गरिएको ट्राफिक लाइट प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा अहिले ‘देखावटी सामग्री’ बनेको भन्दै व्यापक आलोचना भइरहेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा विनियोजन गरेको बजेटबाट मधेश प्रदेश प्रहरी कार्यालयले ट्राफिक प्रहरीसँगको समन्वयमा जनकपुरधामका मुरली चोक, भैरव चोक, जनक चोक, शिव चोक, भानु चोक र रेल्वे स्थानक क्षेत्रमा ट्राफिक लाइट जडान गरेको थियो ।

२०७९ सालमै जडान गरिएका ती लाइट करिब एक वर्षसम्म सञ्चालनमा आउन सकेनन् । त्यसपछि २०८० सालको भदौ महिनादेखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइए पनि मुरली चोक र भानु चोकका लाइट मात्र मुश्किलले एक महिना चले । भैरव चोक, शिव चोक, राम चोक र रेल्वे स्थानक आसपासका लाइट भने पूर्ण रूपमा सञ्चालनमै आउन सकेनन् । स्थानीयका अनुसार ती लाइट बिहान ९ बजेदेखि साढे ११ बजेसम्म तथा बेलुका साढे ४ बजेदेखि ७ बजेसम्म मात्रै सञ्चालन गरिएको थियो । भैरव चोकमा पर्याप्त बाटो काट्ने संरचना नै नभएको स्थानमा समेत ट्राफिक लाइट जडान गरिएकाले योजना निर्माणमै कमजोरी भएको भन्दै आलोचना भएको छ ।

तत्कालीन ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर साहले ट्राफिक लाइट जडान गरिएका स्थानमा जेब्रा क्रस, रोक रेखा तथा अन्य आवश्यक संरचना निर्माण गर्न थप २० लाख रुपैयाँ लाग्ने र जनशक्तिको अभावका कारण सबै स्थानमा सञ्चालन गर्न नसकिएको बताएका थिए । एक महिना पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका ट्राफिक लाइटमा ठूलो रकम खर्च भएपछि अहिले अनियमितता र भ्रष्टाचारको आशंका चर्किएको छ । सामाजिक सञ्जालदेखि जनस्तरसम्म जडान प्रक्रिया, खरिद प्रक्रिया र प्राविधिक पक्षको छानबिन गर्न माग उठिरहेको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यद्यपि अहिलेसम्म सम्बन्धित मन्त्रालय वा अन्य कुनै निकायले औपचारिक छानबिन प्रक्रिया अघि बढाएको छैन । स्थानीयवासीहरूले जनताको करबाट खर्च गरिएको रकमको दुरुपयोग भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुखले बिग्रिएका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइने बताएका छन् ।

यता मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले आफू र मन्त्रालयका कर्मचारी नयाँ भएकाले पुराना योजनाबारे विस्तृत जानकारी लिइने बताएका छन् । उनले ९८ लाख रुपैयाँ खर्चेर जडान गरिएको ट्राफिक लाइट लामो समयसम्म अलपत्र पर्नु गलत भएको भन्दै अनियमितता भएको पाइए संलग्न मन्त्री, कर्मचारी वा प्रहरी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।

उनले बिग्रिएका लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याउने र आगामी आर्थिक वर्षमा ढल्केवरदेखि जनकपुरधाम सडक खण्डसम्म थप ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी दिए । यसैबीच जनकपुरधाममा फुटपाथ तथा सार्वजनिक जग्गा खाली गराउने अभियान पनि प्रभावकारी हुन सकेको छैन । गंगासागर, धनुषसागर तथा अरगजा पोखरी आसपासका फुटपाथ हटाइए पनि अहिले ती स्थान गाडी राख्ने थलोमा परिणत भएका छन् । स्थानीयका अनुसार खाली गराइएका सार्वजनिक स्थलमा भारतीय तथा नेपाली नम्बर प्लेटका गाडी अनियन्त्रित रूपमा राखिन थालेका छन् । कतिपय स्थान नियमित सरसफाइ नहुँदा फोहोर थुपार्ने स्थल बनेका छन् । फुटपाथ व्यवसायीहरू भने आफूहरूलाई हटाइए पनि वैकल्पिक व्यवस्था नगरिएको भन्दै आक्रोशित छन् ।

जनकपुरधाम उपमहानगरपालिका र प्रदेश सरकारबीच समन्वय अभाव हुँदा सार्वजनिक स्थल व्यवस्थापन, सरसफाइ र यातायात व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै नागरिकस्तरबाट आलोचना बढ्दै गएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १५:२३
#नेपाल #भ्रष्टाचार #मधेश प्रदेश #अनियमितता #धनुषा #प्रदेश सरकार #जनकपुरधाम #जनकपुर समाचार #सार्वजनिक जग्गा #यातायात व्यवस्था
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत
१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत बिहीबार, असोज २९, २०८३
गुलरियाबाहेक जिल्लाका सबै ८ छोटी भन्सार कार्यालय बन्द
गुलरियाबाहेक जिल्लाका सबै ८ छोटी भन्सार कार्यालय बन्द बुधबार, असोज २८, २०८३
नेपाल र भारतबीचका उडानमा पावर बैंक लैजान नपाइने
नेपाल र भारतबीचका उडानमा पावर बैंक लैजान नपाइने मंगलबार, असोज २७, २०८३
बासी खाना बिक्री गर्ने होटलमाथि कडा कारबाही गरिने
बासी खाना बिक्री गर्ने होटलमाथि कडा कारबाही गरिने मंगलबार, असोज २७, २०८३
इन्टरनेट शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही हुने
इन्टरनेट शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति, बढी शुल्क लिए कारबाही हुने शनिबार, असोज २४, २०८३
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त शनिबार, असोज २४, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP