बाराकाे महागढीमाई नगरपालिका–१० का ११ वर्षीय राकेश लोहारको विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ ।
सोमबार राति घरमा सुतिरहेका बेला गोमन सर्पले टोक्दा राकेशलाई गम्भीर अवस्थामा अस्पताल पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, सर्पले टोकेको भए पनि अभिभावकले मुसाले टोकेको भन्दै बालकलाई अस्पताल लैजान ढिला गरेका थिए। समयमै अस्पताल नपुगेका कारण बालकको मृत्यु भएको हो ।
राकेशको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।