शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सीआईबी
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #धरौटीमा रिहा
  • #कारागार चलान
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेसमा मृत्यु भोजको विकृति : संस्कारको नाममा ऋणको भारी, अन्त्येष्टिको पीडामाथि आर्थिक बोझ
मधेसमा मृत्यु भोजको विकृति : संस्कारको नाममा ऋणको भारी, अन्त्येष्टिको पीडामाथि आर्थिक बोझ
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, कात्तिक ११, २०८३
A1 Beakery Add A1 Beakery Add

सप्तरी । मधेसमा कसैको मृत्यु भएपछि गरिने मृत्यु भोजको परम्परा पछिल्लो समय विकृत बन्दै गएको छ । परिवारका सदस्य गुमाउँदाको पीडासँगै मृत्यु भोज गर्नुपर्ने सामाजिक दबाबले मृतकका परिवार थप आर्थिक समस्यामा पर्ने गरेका छन् । जात र समुदायअनुसार मृत्यु भएको १३ दिनभित्र तीनदेखि पाँच पटकसम्म भोज गर्नुपर्ने बाध्यता अझै कायम छ । कतिपय परिवारले सामाजिक प्रतिष्ठा र प्रतिस्पर्धाका नाममा ठूलो भोज गर्ने गरेका छन् ।

घरमा कसैको मृत्यु भएपछि परम्पराअनुसार गर्नुपर्ने क्रियाकर्मको तयारीसँगै परिवारका सदस्य मृत्यु भोजको व्यवस्थापनमा जुट्नुपर्ने बाध्यता छ। भोज गर्न नसक्ने आर्थिक अवस्था भएका परिवारसमेत सामाजिक दबाबका कारण ऋण लिएर भोज गर्न बाध्य हुने गरेका छन् ।

मृत्यु भोजलाई धेरैले परम्परा, संस्कृति र संस्कारका रूपमा लिने गरेका छन्। अन्नदान गर्नु पुण्यको काम भएको र यसले आफन्त तथा परिवारबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास पनि छ। तर, ऋण लिएर बाध्यतावश भोज गर्नु संस्कृतिका नाममा विकृति भएको पूर्वशिक्षामन्त्री रेणु यादव बताउँछिन् ।

उनले मृत्यु भएपछि अनिवार्य रूपमा भोज गर्नुपर्ने प्रथाको न्यूनीकरण मात्र नभई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याइन् । समाजले जबर्जस्ती लादेको परम्पराका कारण विपन्न परिवार आर्थिक संकटमा पर्ने गरेको उल्लेख गर्दै उनले यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मृत्यु भोज संस्कार र सामाजिक बाध्यताका कारण नभई स्वेच्छाले गर्नुपर्ने उनको भनाइ छ ।

मधेसमा जनसङ्ख्याको ठूलो हिस्सा रहेको यादव समुदायमा २५ देखि ५० गाउँका मानिसलाई एकैपटक बोलाएर सभा भोज गर्ने चलनसमेत छ । यस्तो भोजमा हुने ठूलो खर्चले परिवारलाई दीर्घकालीन आर्थिक भार पर्ने गरेको छ ।

मृत्यु भोजका नाममा हुने आडम्बरी सभा भोजलाई प्रोत्साहन गर्नु दुःखद भएको आमसञ्चार प्राधिकरण मधेस प्रदेशका पूर्वअध्यक्ष श्यामसुन्दर यादव बताउँछन् । उनका अनुसार मृत्यु भोजलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गर्न आवश्यक छ ।

उनले भोजमा खर्च हुने रकम विपन्न परिवारको जीविकोपार्जन, बालबालिकाको शिक्षा र भविष्य निर्माणमा लगानी गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताए । उनका अनुसार भोजमा हुने खर्चले कतिपय परिवारको दस वर्षभन्दा बढी समयको जीवनयापन धान्न सक्छ ।

राजविराज नगरपालिका–१ की दुर्गादेवी रजक मृत्यु भोजका कारण ऋणको भार खेपिरहेकी प्रतिनिधि पात्र हुन् । सासुको मृत्यु भएपछि आर्थिक अवस्था कमजोर भएकाले भोज गर्न नसक्ने बताउँदा पनि समाजले भोज गर्नैपर्ने दबाब दिएको उनले बताइन् । त्यसपछि भोजको खर्च जुटाउन उनले तीन लाख रुपैयाँ ऋण लिनुपर्‍यो। ऋणको ब्याज जसोतसो तिरे पनि साँवा रकम भने अझै चुक्ता गर्न सकेकी छैनन् ।

दुर्गादेवीजस्तै मधेसका सयौँ परिवार मृत्यु भोज गर्नुपर्ने सामाजिक बाध्यताका कारण ऋणमा डुब्ने र वर्षौँसम्म ऋण तिर्न संघर्ष गर्ने अवस्थामा रहेको नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देव बताउँछन् ।

भोजका नाममा परिवारले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उनको भनाइ छ । सामाजिक परम्परालाई निरन्तरता दिने नाममा विपन्न परिवारलाई आर्थिक संकटमा धकेल्नु उचित नभएको भन्दै मृत्यु भोजलाई स्वेच्छिक बनाउन र अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

मृत्यु भोजको परम्परालाई मानवीय संवेदना, आर्थिक अवस्था र सामाजिक यथार्थसँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिएको छ । मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्ने नाममा जीवित परिवारलाई वर्षौँसम्म ऋणको बोझ बोकाउने प्रथाको अन्त्यका लागि सामाजिक चेतना र सामूहिक पहल आवश्यक देखिन्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  ०६:००
#सप्तरी #मधेस #जनचेतना #सामाजिक दबाब #सामाजिक सुधार #सामाजिक परम्परा #सामाजिक कुरीति #गरिबी #आर्थिक समस्या #मधेसको संस्कृति #मृत्यु भोज #रेणु यादव #श्यामसुन्दर यादव #दुर्गादेवी रजक #श्रवणकुमार देव #मृत्यु भोजको विकृति #ऋणको बोझ #सांस्कृतिक विकृति
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
छठ पर्व नजिकिएसँगै महोत्तरीका डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ, लाखौँको कारोबार
छठ पर्व नजिकिएसँगै महोत्तरीका डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ, लाखौँको कारोबार बुधबार, कात्तिक ११, २०८३
सिरहामा १६ किलो २७० ग्राम गाँजासहित ५६ वर्षीय ठकुरी पक्राउ
सिरहामा १६ किलो २७० ग्राम गाँजासहित ५६ वर्षीय ठकुरी पक्राउ बुधबार, कात्तिक ११, २०८३
सिरहाकाे गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिरहाकाे गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, कात्तिक १०, २०८३
उज्यालो नेपाल पार्टी, मधेस प्रदेश समितिद्वारा 'उज्यालो मिसन मधेस प्रदेश' अभियान सुरु
उज्यालो नेपाल पार्टी, मधेस प्रदेश समितिद्वारा 'उज्यालो मिसन मधेस प्रदेश' अभियान सुरु मंगलबार, कात्तिक १०, २०८३
जसपा नेपालका मधेश प्रदेश सचिव मो. युसुफ अलिद्वारा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा
जसपा नेपालका मधेश प्रदेश सचिव मो. युसुफ अलिद्वारा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा मंगलबार, कात्तिक १०, २०८३
सिरहाबाट १६ किलो गाँजासहित ५६ वर्षीय व्यक्ति पक्राउ
सिरहाबाट १६ किलो गाँजासहित ५६ वर्षीय व्यक्ति पक्राउ मंगलबार, कात्तिक १०, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ
काठमाडौं ल्याउँदै गरेको ८० हजारको पटका बरामद, दुई जना पक्राउ वीरगंज सिटी
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा
लागूऔषध गाँजासहित दुई भारतीय नागरिक प्रहरी नियन्त्रणमा वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको अनुगमन, प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्न निर्देशन
वीरगंज सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको अनुगमन, प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्न निर्देशन वीरगंज सिटी
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ
पर्सागढीबाट सात थान सालको गोलिया काठ र पिकअपसहित चालक पक्राउ वीरगंज सिटी
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ
सुरक्षाकर्मीको घुमुवा भन्दै रकम असुल्ने आरोपमा पर्साबाट एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ?
छठ नजिकिँदै छ, तर सिर्सिया नदी दुर्गन्धित र प्रदूषित छ। आस्था र जनस्वास्थ्यसँग जोडिएको यो समस्याको जिम्मेवारी कसले लिने र नदी कहिले सफा हुने ? वीरगंज सिटी
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ?
वीरगंजमा अहिले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कने र सरसफाइ गर्ने काम नियमित भइरहेको छ कि छैन ? वीरगंज सिटी
उद्यमी मञ्च
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित
कमलको उत्कृष्ट प्रदर्शनमा चितवनसँग विराटनगर पराजित वीरगंज सिटी
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली र जनकपुर भिड्दै वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP