धान रोपाइँको मुख्य सिजन शुरू हुनुअघि नै पर्सासहित तराई–मधेसका किसानहरू गम्भीर समस्यामा परेका छन् ।
उन्नत जातका धानका बीउको अभाव, आवश्यक मात्रामा रासायनिक मल उपलब्ध नहुनु तथा सिंचाइका लागि नहरमा पानी नआउँदा किसानहरू चिन्तित बनेका हुन् ।
यस्तै, भारतबाट मल तथा बीउ ल्याउन खोज्दा सीमामा कडाइ गरिएपछि किसानहरूले थप सास्ती भोग्नुपरेको बताएका छन् । किसानहरूका अनुसार सरकारले आवश्यकताअनुसार मल, बीउ र सिंचाइको पर्याप्त व्यवस्था गर्न सकेको छैन ।
सरकारी तथ्याङ्कअनुसार नेपाल सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मलको करिब ३० प्रतिशत मात्र आपूर्ति गर्दै आएको छ । बाँकी माग भारतीय बजारबाट पूर्ति हुने गरेको भए पनि पछिल्लो समय तस्करी नियन्त्रणका नाममा सीमामा मल र बीउ ल्याउन कडाइ गरिएकाले समस्या झन् बढेको किसानहरूको गुनासो छ ।
प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सीमित परिमाणमा मात्र मल तथा बीउ ल्याउन दिने गरेको बताइएको छ । तर तराईका अधिकांश किसानसँग १० बिघाभन्दा बढी खेतीयोग्य जमीन भएकाले यति थोरै परिमाणले खेती सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ ।
असार महीना नजिकिँदै जाँदा किसानहरू खेत तयारी र ब्याड राख्ने काममा जुटेका छन् । तर समयमा मल, बीउ र सिंचाइको व्यवस्था नहुँदा धान रोपाइँ प्रभावित हुने चिन्ता बढेको छ । पर्सा, बारा, रौतहट, सर्लाहीलगायत तराईका जिल्लाका किसानहरूले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरे पनि व्यवहारमा समस्या समाधान हुन नसकेको बताएका छन् ।
किसानहरूका अनुसार सरकारी वितरण केन्द्रहरूमा पर्याप्त मल उपलब्ध छैन । बजारमा पाइने मल महँगो हुनुका साथै कतिपय स्थानमा कालोबजारीसमेत हुने गरेको आरोप छ । मल अभाव भएपछि धेरै किसान भारतबाट मल ल्याउने प्रयास गर्छन्, तर सीमामा विभिन्न बहानामा रोक लगाइँदा थप समस्या सिर्जना भएको उनीहरूको भनाइ छ ।
सिंचाइको अवस्था पनि कमजोर रहेको किसानहरूले बताएका छन् । वर्षौंदेखि सञ्चालनमा रहेका नहर प्रणाली प्रभावकारीरूपमा सञ्चालन हुन नसक्दा धेरै क्षेत्रमा अझै पर्याप्त पानी पुग्न सकेको छैन । समयमा पानी नपुग्दा धान रोपाइँ ढिलो हुने र उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता कृषकहरूले व्यक्त गरेका छन् ।
किसानहरू भन्छन्, “हरेक वर्ष सरकार परिवर्तन हुन्छ, बजेट आउँछ, नयाँ नीति तथा कार्यक्रम घोषणा हुन्छन् । कृषि आधुनिकीकरण, आत्मनिर्भरता र उत्पादन वृद्धिका ठूला–ठूला कुरा गरिन्छन्, तर खेतमा काम गर्ने किसानले भोग्ने समस्या भने जस्ताको तस्तै छ ।”
सङ्घीय तथा प्रदेश सरकार आगामी कृषि नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित देखिए पनि किसानका तत्कालीन समस्याको समाधानतर्फ पर्याप्त ध्यान नदिएको आरोप कृषकहरूको छ ।
कृषि विज्ञहरूका अनुसार धान रोपाइँको समयमा मल र सिंचाइको उपलब्धता सुनिश्चित गर्न नसके उत्पादनमा गिरावट आउन सक्छ, जसले खाद्य सुरक्षामा समेत असर पार्न सक्छ । किसानहरूले आवश्यक कृषि सामग्री सहज रूपमा उपलब्ध गराउने, नहर प्रणालीको मर्मत तथा व्यवस्थापन गर्ने तथा सीमावर्ती क्षेत्रमा देखिएका व्यावहारिक समस्याको तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
धान रोपाइँको महत्वपूर्ण समयमा किसानहरू विभिन्न समस्यासँग जुधिरहेका बेला सम्बन्धित निकायको प्रभावकारी पहल नहुँदा तराईका हजारौँ कृषक अन्योल र चिन्तामा परेका छन् ।