बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाले चार वटा संस्थागत विद्यालयमा आफ्ना छोराछोरी भर्ना नगराउन अभिभावकलाई आग्रह गरेको छ ।
मंगलबार सूचना जारी गर्दै उपमहानगरपालिकाले वडा नं. ३ स्थित रोज एकेडेमी, वडा नं. २ स्थित माउन्ट एभरेस्ट, वडा नं. ७ स्थित अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र वडा नं. १९ स्थित बाबुलाल एकेडेमीमा भर्ना नगर्न अनुरोध गरेको हो ।
उपमहानगरपालिकाका अनुसार विभिन्न कारणले ती चार विद्यालयलाई शैक्षिक व्यवस्थापन सूचना प्रणाली (EMIS) बाट हटाइएको छ । पालिकाले अभिभावकलाई विद्यालय छनोट गर्दा आधिकारिक स्वीकृति तथा सूचीकरणको अवस्थाबारे जानकारी लिएर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।