वीरगंज महानगरपालिकाको विरोध गर्ने र कदम कदाचित फोहर फालिदिए ५० हजारदेखि तीन लाख रुपैयाँ समेत जरिवाना गरेको तपाई हामीबीच लुकेको छैन् ।
महानगरका मेयर राजेशमान सिंहको चुनावमा सहयोग नगर्ने उनले गरेको भ्रष्टाचार, अनियमितताको विरोध गर्ने र बाउन्सरको रुपमा आफ्ना नातागोताकालाई नराख्ने होटल, हस्पिटल, कल कारखानालाई ५० देखी ३ लाख रुपैयाँ सम्म जरिवाना गराउँदै आएको छ । यति मात्र नभई अनुगमनको नाममा मेयर राजेशमान सिंहले आतङ्क मचाइरहेको संघिय संसद्मा डा. स्वर्णिम वाग्लेले शून्य समयमा बोलेको एक साता नबित्दै महानगरको अनुगमनको नाममा हुने भेदभाव आइतबार पुनः दहरिएको छ ।
वीरगंज महानगरपालिकाले वडा नम्बर १४, चिनीमिल पिपरास्थित भाटभटेनी सुपरमार्केटको माथिल्लो तलामा रहेका चारवटा रेस्टुरेन्टमा आइतबार अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रेका मःम, चाउमिन, चिकेन, अमृत तेल, मैदा, बेसन लगायतका सामग्री फेला परेका छन् । म्याद गुज्रेका ४ बोरा मैदा, २ पकेट चिकेन, ४ पकेट चाउमिन, ५ सय ग्राम गोल्ड बेसन, ६ पकेट अमृत तेल र १ पकेट मन्चुरियनलाई नष्ट गरिएको छ । भने,
अनुगमनपछि भाटभटेनी सुपरमार्केट अन्तर्गत अतिथि भेजिटेरियन रेस्टुरेन्ट र शाह होल्डिङ्स प्रालिलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । तर, अनुगमनमा सहभागी प्रतिनिधिहरूले म्याद गुज्रेका सामग्रीहरू फेला परे पनि मात्र ५ हजार रुपैयाँ जरिवाना गरिएको प्रति आपत्ति जनाएका छन् । उनीहरूले अर्बौँ लगानी भएको सुपरमार्केटले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु खुवाइरहेका बेला कम्तीमा ५ लाख रुपैयाँ जरिवाना गर्नुपर्ने माग गरेका थिए । खाद्यान्न अनुगमन अधिकृत विपिन कुमार लाल दासले भने महानगरको कार्यविधिमा ठूलो रकम जरिवाना गर्ने व्यवस्था नभएकाले ५ हजार रुपैयाँमात्र जरिवाना गरिएको बताए ।
यसअघि, मेयरका निकट नभएका सडकमा फोहर खसाएकाे दियालो लर्डस्, कन्ट्रीइन होटल, र छाइ फ्याल्ने उद्योगीलाई ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना गरेको थियो । वीरगंज महानगरपालिकाले अर्बौँ लगानी भएको सुपरमार्केटले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु खुवाइरहेका बेला न्यून जरिवाना गरेको प्रति सानालाई एन र ठुलोलाई चैनको आभास दिलाएको छ ।
अनुगमनमा नापतौल विभागका आनन्द कुमार गुप्ता, होटल तथा पर्यटन व्यवसायी सङ्घका हरि पन्त, उद्योग वाणिज्य सङ्घका मनोज कुमार दास, र घरेलु तथा साना उद्योगका सुदर्शन अचार्यको उपस्थिति रहेको थियो ।